वाशिंगटन, अमेरिको, १ माघ/एएनआई

बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोना भाइरस सङ्क्रमण देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकोले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने जनाएको छ ।

अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिड्ढा लागि कुनै पनि व्यावसायिक उडान नहुने सम्भावना छ, सिएनएनले बताएको छ । जनवरी १९ मा शुरू भएको र कम्तिमा दुई हप्ता जारी रहने, संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू कि रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूको कारण निलम्बित हुने सम्भावना छ, सिएनएनले जनाएको छ ।

शुक्रबारसम्म केवल दुई उडान अझै पनि त्यो अवधिको लागि सञ्चालन गर्न योग्य देखिन्छन् । तीमध्ये एक युनाइटेड एयरलाइन्स सँग हुनेछ । बेइजिङ शीतकालीन खेलहरू फेब्रुअरी ४ मा शुरू हुनेछ र सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडानहरू लिइरहेका छन्।

जूनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तर्राष्ट्रिय उडानहरूमा तथाकथित ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । त्यस नियमको अर्थ हो यदि पाँच वा बढी यात्रुले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा उडान दुई हप्ताको लागि स्वचालितरूपमा निलम्बित हुन्छ । यदि १० वा बढी यात्रुमा पोजेटिभ देखिएमा निलम्बन अवधि बढ्छ ।

चीनले आफ्नो ‘सर्किट–ब्रेकर’ नियमहरूलाई ‘महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महŒवपूर्ण कदम’ भनेर बचाउ गरेको छ । “खुला र निष्पक्ष उपायहरू चिनियाँ र विदेशी एयरलाइन्स दुवैमा समान रूपमा लागू हुन्छ”–विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले अगस्तमा भनेका थिए ।

डिसेम्बर २४ देखि जनवरी १२ सम्म चीनको लागि प्रस्थान गर्ने ९,३५६ अन्तर्राष्ट्रिय उडानमध्ये एकतिहाईभन्दा बढी रद्द गरिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here