प्रस, वीरगंज, ३० पुस/
लोसपाका नेता राजेशमान सिंहको नेतृत्वमा शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीलाई ज्ञापनत्र बुझाइएको छ।
घोषित कार्यक्रम अनुसार आज मुख्यमन्त्री गद्दीको वीरगंजस्थित निवासमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो। तर कोभिडको कारण २५ जनाभन्दा बढी भीड हुन नदिने स्थानीय प्रशासनको आग्रहलाई मान्दै धर्ना कार्यक्रम स्थगित गरिएको र प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको नेता सिंहले बताए।
वीरगंजलाई राजधानी बनाउन यस अघि सिंहको नेतृत्वमा वीरगंजमा खबरदारी जुलूस निकालिएको थियो।