- समीर पाख्रिन
उषाले सुशीलालाई अङ्कमाल गर्छे।
सुशीलाः लगा न हेरौं , सुहाउँछ कि सुहाउँदैन।
उषा ः मामु, म भरे लगाएर देखाउँछु नि है ? अहिले मलाई हतार भइसक्यो। म गएँ।
उषा हतार–हतार घरबाट प्रस्थान गर्छे।
०००
समयः मध्याह्न। रामटोलस्थित अङ्कितको घर। वृद्धा कौसीमा घाम तापेर बसिरहेकी छन्। अङ्कित कोठामा बसेर मोबाइलमा अपडेटहरू हेरेर बसिरहेको बेला उसको मोबाइलको घण्टी बज्छ। कल उसको साथी आशिषको हुन्छ।
अङ्कित ः (मोबाइलमा) हेलो आशिष १ अँ भन।
आशिष ः (मोबाइलमा) अङ्कित तैंले आजको गोरखापत्र हेरिस् ?
अङ्कितः (मोबाइलमा) छैन, किन ?
आशिषः (मोबाइलमा) तेरो लागि खास सरप्राइज छ। तुरून्त गएर हेरी हाल्।
अङ्कितः (मोबाइलमा) भन्न यार, के छ ? मलाई लास्टै टेन्सन भइसक्यो।
आशिषः (मोबाइलमा) महालक्ष्मी बैंकको सर्भिस कन्फरमेशन लिस्टमा तेरो नाम पनि निस्किएको छ।
अङ्कितः (मोबाइलमा) यु मिन, मैले जब पाएँ हैन त ?
आशिषः (मोबाइलमा) हो, हो। कन्ग्राच्युलेशन।
अङ्कितः हजुरआमा, तपाईं कहाँ हुनुहुन्छ ?
वृद्धा ः किन र ? म बाहिर घाम ताप्दैछु।
अङ्कित ः (बडो प्रसन्नतापूर्वक बाहिर आएर वृद्धालाई अङ्कमाल गर्दै ) मैले बैंकमा जागिर पाएँ, हजुरआमा।
वृद्धाः (हात जोडेर मनमनै मातालाई सम्झँदै) हे गहवा माता १ हजूरलाई लाख लाख धन्यवाद। यो दुःखीको बिन्ती सुनिदिनु भो। (बाकसको थैलीबाट हजारको नोट झिकेर दिंदै ) ला बाबु,, जा मातालाई एक्काईसवटा लड्डु चढाएर ढोग र बाँकी पैसाले साथीहरूसित चिया नाश्ता खा।
अङ्कित (हजारको नोट पाएर हजुरआमाको गाला चिमोट्दै) म कति भाग्यमानी है हजुरआमा ? किनकि मैले तपाईंजस्ती मायालु हजुरआमा पाएको छु। (घरबाट निस्कदै स्वयंसित) पहिला आमाबाबालाई फोन गरेर यो खुशीको खबर शेयर गर्नुप–यो।
फोन लगाउँछ।
ममीः हेलो, अङ्कित भन् बाबु। तँलाई सञ्चै छ नि ?
अङ्कितः ठीक छु, हजुरहरूलाई कस्तो छ ?
ममीः ठीकै छौं। तेरो बाबाको थेरापी अब दुई दिन बाँकी छ। त्यसपछि हामी पनि वीरगंज फर्कन्छौं। तेरी हजुरआमा बूढीलाई त सञ्चै छ नि ?
अङ्कितः सञ्चै हुनुहुन्छ। अँ तपाईहरूलाई खुशीको खबर छ।
ममीः कस्तो खुशीको खबर बाबु, सु
ना न ?
अङ्कितः बाबा कहाँ हुनुहुन्छ ?
ममी ः तेरो बाबा भित्र कोठामा टिभी हेर्दैछ। भन्न कस्तो खुशीको खबर हो ?
अङ्कितः मामु, तपाईं मोबाइल लिएर बाबाको नजीक जानोस् र स्पीकर अन् गर्नाेस् ( अङ्कितकी ममी मोबाइल लिएर श्रीमान्को नजीकै सोफामा बस्छे र स्पीकर अन गर्दै ) एकक्षण टिभी सानो पार्नाेस् न अङ्कित कुरा गर्ने अरे।
अङ्कितः बाबा, ढोग गरें है।
बाबा ः भाग्यमानी भएस् बाबु।
अङ्कितः बाबा, मैले बैंकमा जागिर पाएँ। मलाई एक हप्तापछि पोखरा जानुपर्छ। हजुरहरू कहिले आउनुहुन्छ ? त्यहाँ गएर रूम नपाउन्जेल होटलमा बस्नपर्छ होला, शायद। यसैले खर्चको व्यवस्था गर्नुहोला।
बाबा ः खर्चको चिन्ता तँ नगर् न। हामी पर्सि वीरगंज आइपुग्छौं।
अङ्कितः हस् अहिले राखें।
( स्वयंसित)..निक्कै दिन भयो उषासित भेट नभएको। आज मैले उसलाई यो खुशीको कुरा शेयर गर्नैपर्छ। सुनेर कति खुशी हुन्छे होली। आज उसलाई गोपाल मिष्टान्न भण्डारमा बोलाउनुप–यो र दोसा पनि खुवाउनुप–यो।