प्रस, वीरगंज, २९ पुस/

प्रहरी चौकी इनर्वाले दश किलो चरेससहित एकजना महिलालाई बुधवार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

वीरगंज–१६ शङ्कराचार्यद्वारबाट प्रहरीले चेकजाँचको क्रममा नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेकी रौतहट पिपरिया परोवा नगरपालिका–९ बङ्कुल बस्ने ४२ वर्षीया रञ्जुदेवीलाई चरेससहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । रञ्जुले ढाड, खुट्टामा पहेंलो रड्ढो कपडाले बाँधेर तथा ज्याकेटको खल्तीमा लुकाएको १० किलो चरेस प्रहरीले बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here