नयाँ दिल्ली, २८ पुस/एएनआई

भारतमा कोरोना भाइरसबाट एकै दिनमा झन्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले बुधवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ । भारतमा अहिले सङ्क्रमितहरूको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ ।

दैनिक नयाँ सङ्क्रमितहरूको वृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् । दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरूले जनाएका छन् । नयाँ सङ्क्रमितमध्ये चार हजार ८६८ जना ओमिक्रोन भाइरसबाट सङ्क्रमित छन् ।

अघिल्लो दिन सोमवार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । भारतमा सक्रिय सङ्क्रमित र नयFँ सङ्क्रमित दुवैको सङ्ख्या तीव्ररूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मङ्गलवार ८,२१,४४६ जना सक्रिय सङ्क्रमित रहेका थिए । रासस

ओमिक्रोन भेरिएन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरूको भनाइ
मेक्सिको सिटी/

मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।

यहाँका अधिकारीहरूले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरिएन्ट यस अघिको डेल्टा भेरिएन्टभन्दा कम खतरनाक पाइएको बताएका हुन् । उनीहरूले यहाँ ओमिक्रोन फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट द्रुत गतिमा फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here