ढाका, २७ पुस/सिन्ह्वा

बङ्गलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को सङ्क्रमण बढेपछि यसबाट जोगिन नयाँ निर्देशन जारी भएको छ । ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानूनी कारबाही गरिने बताइएको छ । यी निर्देशनहरू मास्क प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्म रहेका छन् । यहाँ सार्वजनिक स्थलमा जम्मा हुँदा तथा पसल, मलहरूमा उपस्थित हुँदा मास्क अनिवार्य गरिएको छ ।

मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानूनी कारबाही गरिने छ । त्यस्तै सभा समारोहहरू बन्द गरिएको छ भने रेल तथा सार्वजनिक यातायात सेवाले उसको क्षमताको आधा मात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको छ ।

त्यस्तै होटल, रेस्टुरेन्टहरू रातिसम्म खोल्न नपाइने र उनीहरूले आधा मात्र क्षमतामा नागरिक सेवा दिन सकिने बताइएको छ । यहाँको मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कोभिडबाट जोगिन भन्दै यस्ता कडा कानून लागू गरेको हो ।

त्यस्तै होटल रेस्टुरेन्टमा खान तथा होटलमा वास बस्न र कुनै हवाई जहाजबाट यात्रा गर्दा पनि उनीहरूले खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम बनाइएको छ । बङ्गलादेशमा पनि पछिल्ला केही हप्ता यता कोरोना भाइरस र यसको घातक भनिएको ओमिक्रोन भाइरसको सङ्क्रमण निकै बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here