ग्रामीण क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, सेढवा, ५ असोज/
    मौसम परिवर्तन हुन लागेसँगै पर्सामा भाइरल ज्वरोको प्रकोप बढेको छ। जीराभवानी, जगरनाथपुरलगायत गाउँपालिकाहरूमा भाइरल ज्वरोसँगै रुघाखोकी, टाउको दुख्नेलगायत समस्या बढ्दै छ।
    जीराभवानी गापा–२ सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले ज्वरो, रुघाखोकी, टाउको दुख्नेजस्ता बिरामीहरूको सङ्ख्या बढिरहेको बताए। उनले मौसम परिवर्तन भइरहेको कारण बिरामीहरूको सङ्ख्या बढेको जानकारी गराए। अन्य बेलाको तुलनामा अहिले यस्ता बिरामीको सङ्ख्या पचास प्रतिशत बढेको उनको भनाइ छ।
    जीराभवानी गापा–५ शङ्करसरैयाका रोशन यादवले आफूसहित घरका सबै सदस्य भाइरल ज्वरोबाट ग्रसित भएको बताए। उनले टोलका अधिकांश मानिसमा भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने समस्या रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।