जीतलाल श्रेष्ठ, निजगढ, २५ पुस/
निजगढमा आइतवार गरिएको निश्शुल्क आँखा शिविरमा २३ जनामा मोतियाबिन्दु फेला परेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा निजगढको आयोजनामा सम्पन्न आँखा शिविरमा ११७ जनाले आँखा परीक्षण गराएको र २३ जनामा मोतियाबिन्दु देखा परेको संस्थाका सभापति नारायण शर्माले बताए ।
मोतियाबिन्दु १० जना पुरुष र १३ जना महिलामा देखा परेको र उनीहरूको रेडक्रस उपशाखा निजगढले निश्शुल्क शल्यक्रिया गराउने व्यवस्थापन गर्ने जनाएको छ । हेटौंडा सामुदायिक आँखा अस्पताल, रोटरी क्लब मकवानपुर, रोटरी क्लब मिड टाउन काठमाडौंको संयुक्त आयोजनामा शिविर आयोजना गरिएकोे हो ।
शिविरमा नेपाल रेडक्रस सोसाइटी, बाराका उपमन्त्री कृष्णप्रसाद खरेल, उपशाखा निजगढका सभापति नारायण शर्मा, उपसभापति गङ्गा शिवाकोटी, सचिव मोहन डिसी, उपसचिव अमृतराज उप्रेतीलगायत सहभागी थिए ।