प्रस, वीरगंज, २५ पुस/
मानव सेवा आश्रमले शुरू गरेको साताव्यापी कार्यक्रम अन्तर्गत ६ जनाको उद्धार गरेको छ भने एकजनाको पुनर्मिलन गराएको छ ।
मानव सेवा आश्रम वीरगंजकी सञ्चालिका सानु मानवसेवाले पुस २० देखि २६ गतेसम्म एक हप्ते अभियानमा ६ जनालाई सडकपेटीमा उद्धार गरी मानवसेवा आश्रममा राखिएको बताइन् । उनले गएराति एकजना बालक र महिलाको उद्धार गरिएको बताइन् । एक साताको अवधिमा तीनजना पुरुष, दुईजना महिला र एकजना बालकको उद्धार गरिएको र एकजना पुरुषको परिवारसँग पुनर्मिलन गराइएको बताइन् ।
मानव सेवा आश्रम, वीरगंजमा ७० जना राख्न सक्ने क्षमता भएको र सोभन्दा बढी उद्धार भएको खण्डमा हेटौंडा आश्रममा पु¥याउने उनले जानकारी गराइन् । हाल मानव सेवा आश्रममा ६५ जना आश्रित छन् । सञ्चालिका सानु मानवसेवाले पुस–माघको जाडोमा कोही पनि सडकपेटीमा जीवन बिताउन नपरोस् भनेर वीरगंज आश्रमले अभियान शुरू गरेको र बिहान, दिउँसो, बेलुका विभिन्न सहयोगीहरूसँग हातेमालो गरेर काम गर्दै आइरहेको बताइन् ।