प्रस, पोखरिया, २४ पुस/
हनुमान मन्दिर परिसर, पोखरियामा शनिवार सम्पन्न सर्वपक्षीय भेलाले जिल्लाको सरकारी कार्यालयहरूको सेवा केन्द्र पोखरियामा स्थापनाका लागि सङ्घर्ष समिति गठन गरेको छ ।
आज सम्पन्न भेलामा सबैजसो सरकारी कार्यालय वीरगंज केन्द्रित भएको र दूरदराज गाउँबाट वीरगंजसम्म गएर सेवा लिन सर्वसाधारणलाई समस्या भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार, नापी शाखाहरू पोखरियामा स्थापना गर्न माग गरेका थिए ।
सर्वपक्षीय भेलाले निजामुद्दीन समानीको संयोजकत्वमा २३ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ ।
यस अघि नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ का सभापति श्रीकृष्ण चौहानले जिल्ला प्रशासन कार्यालय, पर्साका प्रजिअ उमेशुकमार ढकाललाई ज्ञापनपत्र बुझाउँदै महानगर केन्द्रित सरकारी कार्यालयहरूको शाखा जिल्लाको मध्य भाग पोखरियामा स्थापना गर्न माग गरेका थिए ।