वाशिंगटन अमेरिका, २४ पुस/एएनआई
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाहिं आफूलाई लागेको बताएका छन् ।
बाइडेनले व्हाइट हाउसको ब्रिफिङमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ । उनले भने–“होइन, मलाई लाग्दैन कि कोभिड सधैं यहाँ रहिरहन्छ किनकि जसरी हामी यसको सामना गर्दैछौं त्यसबाट यो यहाँ रहने छैन । हामीसँग हामीले विकास गरेका धेरै उपकरण छन् र हामी विकास गर्न जारी राख्छौं जसमा कोभिड र कोभिडजन्य विकारको सामना गर्ने सामथ्र्य होस् ।
बाइडेनको उक्त टिप्पणी संयुक्त राज्य अमेरिका र विश्वभरि अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरिएन्टका कारण कोरोना भाइरसको गम्भीर वृद्धिबीच आएको हो । अमेरिकी सरकारले शुक्रवार ओभर–द–काउन्टर कोभिड–१९ परीक्षण किट वितरणको लागि ५० मिलियन अमेरिकी डलरभन्दा बढीको ठेक्का प्रदान गरेको छ ।
रक्षा विभागको विज्ञप्ति अनुसार ओमिक्रोन भेरिएन्टको प्रतिक्रियामा अमेरिकी जनतालाई ५०० मिलियन घर–घरमा कोभिड–१९ परीक्षण कुनै पनि लागतमा उपलब्ध गराउने बाइडेनको योजनाको एक भागको रूपमा यो सम्झौता जारी गरिएको थियो । रासस