प्रस, वीरगंज, २२ पुस/

वीरगंज महानगर–१ सिसौंबारीमा गर्भवती महिलाले पासो लगाएर आत्महत्या गरेकी छन् । बिहीवार राति १ बजे २० वर्षीया तबरूम खातुनले घरमैं पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक राजेश पुरीले बताए ।

उनले नारायणी अस्पतालले बिहान ४ बजे घटनाबारे जानकारी गराएपछि आत्महत्या गरेकी खातुनका पति अनवर मियाँ धुनियासँग घटनाबारे बुझ्दा उनले हिजो पतिपत्नी रक्सौलमा किनमेल गरेर आएको र घरमा खानपिनपछि आफू हजुरबुबाको कोठामा सुतेको र पत्नी अर्को कोठामा सुतेको बताए ।

सोही क्रममा राति १ बजे पत्नी झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । उनले हजुरबुबासँग भएको चक्कुले पासो काटेर पत्नीलाई अस्पताल ल्याएको तर निजको मृत्यु भएको चिकित्सकले बताएको प्रारम्भिक बयान दिएका छन् । प्रहरीले शल्यपरीक्षण रिपोर्टपछि यथार्थ कुरा आउने बताएको छ । पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले आत्महत्या देखिएको तर शल्यपरीक्षण रिपोर्टबाट अन्य कुरा खुल्ने बताए ।

मृतक महिलाका पिता अमिर मियाँले भने छोरीको हत्या भएको आरोप लगाएका छन् । उनले यसअघि पनि अर्को छोरीको हत्या भएको र सो सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here