प्रस, सप्तरी, २२ पुस/
जनमत पार्टीका कार्यकर्ताहरूले बिहीवार सप्तरीको भारदहमा हलो बोकेर प्रदर्शन गरेका छन् । किसान आन्दोलन अन्तर्गत उनीहरूले भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन्।
सो क्रममा प्रदर्शनकारीहरूले किसानको माग पूरा गर, किसानमाथि दमन बन्द गर, माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता टोली गठन गरलगायतका नारा लगाएका थिए । प्रदर्शनमा महिलाहरूको पनि उल्लेखनीय सहभागिता थियो । आन्दोलन शुरू भएदेखि भारदहमा जनमतका कार्यकर्ताहरूले नियमित प्रदर्शन गरिरहेका छन् ।
महिलाहरू हातमा झाडु बोकेर सडकमा उत्रेका थिए । चरणबद्ध आन्दोलनको कार्यक्रम अनुसार जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।