प्रस, सिम्रFैनगढ, २१ पुस/
बारा, सिम्रौनगढ–६ स्थित फूलवारी खेलमैदानमा बुधवारदेखि क्रिकेट टुर्नामेन्ट शुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि सिम्रौनगढ नगरपालिकाका मेयर विजयशङ्कर यादवले खेल देश र जीवनका लागि महŒवपूर्ण रहेको बताए ।
हाम्रो नपाबाट आदिल अन्सारी अन्तर्राष्ट्रिय क्रिकेट टीमका लागि चयन भएकोमा गर्वको कुरा भएको बताए । उनले नगरपालिकाभित्रका युवा क्रिकेटरहरूका लागि परीक्षणको व्यवस्था मिलाएको बताए । कार्यक्रममा नगरप्रमुख यादवले क्रिकेट खिलाडी आदिल अन्सारीलाई ५१ हजार रुपैयाँको चेकसहित दोसल्ला ओढाइ सम्मान गरेका थिए । शङ्करसाह कानुको अध्यक्षतामा शुरू भएको प्रतियोगिताको सञ्चालन शिक्षक अरबिन्द महतो नुनियाले गरेका थिए।
प्रतियोगिता उद्घाटन कार्यक्रममा नेका बारा क्षेत्र नं १ (ख)का मोहन कुशवाहा, नागेन्द्रप्रसाद गुप्ता, लोसपाका नेता शेख मोतिन, लोसपाका नेता परमानन्द मुखिया, महमुद आलम सिद्ध्किी, सिम्रौनगढ नपा शिक्षा संयोजक नुराजम सिद्धिकी, इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक दीपक सुवेदी, सशस्त्र बिओपी गोलागंजका प्रनि सागर मल्ललगायत सहभागी थिए ।
बुधवार सम्पन्न म्याचमा भारतको पटना क्रिकेट मिीले बरियारपुर बजार बारालाई ४ विकेटले पराजित गरेको छ ।
निर्धारित १० ओभरको खेलमा पहिले ब्याटिङ गर्दै बरियारपुरले ८ विकेटको क्षतिमा ८१ रन बनाएको थिउो ।
निर्धारित ८२ रनको लक्ष्य पूरा गर्न उत्रेको भारतको पटना क्रिकेट टिमले चार विकेटको क्षतिमा म्याच जितेको थियो् । यस खेलको म्यान अफ दी मैच पटना क्रिकेट टिमका सन्दीप कुमार घोषित भए ।