मधुमेहबाट अहिले धेरैजना ग्रसित छन् । मधुमेहको डर पनि धेरैलाई लाग्ने गर्छ । मधुमेह भएकाहरूले चिनी नभएको खाद्यान्न खान सल्लाह दिइन्छ । जसले गर्दा उनीहरूको शरीरमा ब्लड सुगर नियन्त्रित रहन्छ । हाम्रो वरपर केही फल र तरकारी छ जुन सुगर फ्रि हुनाले मधुमेहका रोगीले सेवन गर्न सक्छन् ।

एभोकाडोः सुगर फ्री फल एभोकाडोमा चिनी र बोसो कम हुन्छ । यो फल सेवन गर्दा मान्छेको शरीरमा चिनीको स्तर बढ्दैन । मधुमेहका बिरामीले निर्धक्क एभोकाडो सेवन गर्न सक्छन् ।
बन्दाः बन्दाभित्र चिनी र वसा कम हुन्छ । साथै यसमा मैग्निशियम, सोडियम, आयरन, क्याल्शियम, भिटामिन ए, भिटामिन सी, के, ई आदि पोषक तŒव हुन्छ जसले स्वास्थ्यलाई राम्रFे बनाउँछ ।

गोलभेंडाः गोलभेंडामा भिटामिन ए, के, प्रोटीन, क्याल्शियम आदि पोषक तŒव हुन्छ जसले हाडलाई बलियो बनाउँछ । यो चिनीमुक्त खाद्य पदार्थ पनि हो । मधुमेहका रोगीले गोलभेंडा सेवन गर्न सक्छन् ।

ब्रोकाउलीः ब्रोकाउली चीन र वसामुक्त मानिन्छ । यसमा क्याल्शियम, फास्फोरस, पोटासियम, भिटामिन ए, के, सी, डी आदि पोषक तŒव पाइन्छ जुन त्वचाको लागि निकै उपयोगी हुन्छ । मधुमेहका रोगीले ब्रोकाउली सेवन गर्दा कुनै घाटा हुँदैन ।

किवीः किवीमा भिटामिन सीको साथसाथै चिनीको मात्रा निकै कम हुन्छ । यसमा अलग एन्टिइन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट, पोटाशियम, क्याल्शियम आदि पोषक तŒव पाइन्छ जसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या टाढा गर्छ ।

सुन्तलाः सुन्तलामा भिटामिन सीका साथै चिनीको मात्रा निकै कम हुन्छ । मधुमेहका बिरामीले आफ्नो खानामा सुन्तला राख्नुपर्छ जुन स्वास्थ्यको लागि निकै उपयोगी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here