प्रस, वीरगंज, २० पुस/

पर्सा जिल्लाकै पुरानो माउन्ट एडमन्ड माध्यमिक विद्यालय, श्रीपुरले ३८औं विद्यालय दिवस मनाएको छ। विद्यालयका संस्थापक/निर्देशक अर्जुन शम्शेर जबराको सभापतित्वमा सम्पन्न कार्यक्रम स्वास्थ्य मापदण्डको पालना गरी मनाएको विद्यालयका प्रधानाध्यापक अनन्तकुमारलाल दासले बताए।

कक्षा ८ द्वारा सञ्चालित  कार्यक्रमको सहजीकरण मोनिका गोले र रोशनी साहले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक बलराम नेपाली दिएका थिए। यसैगरी, विपेक्षा सुवेदीले खोज र अनुसन्धानमा आधारित विद्यालयको चिनारी प्रस्तुत गर्दै बालबालिकाहरू प्रेम हो, आशा हो तथा विद्यालयको भविष्य हो र सिक्नेले सिकेको छैन भने सिकाउनेले सिकाएको छैन भन्ने माथि नै यस विद्यालयको सम्पूर्ण परिचय अन्तर्निहित रहेको बताइन्।

प्रअ दासले विद्यालय दिवसमार्फत असल प्रयत्नलाई हौंस्याउँदै सिर्जनशीलता राख्ने शिक्षक र विद्यार्थीहरूलाई एक ठाउँमा समझदारी विकास गर्ने अवसरको रूपमा लिएका छौं भनी बताए।

विद्यालयले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको सहभागी अभिभावकहरूले बताए। दिवसको उपलक्ष्यमा आयोजित साताव्यापी अन्तरसदन खेलकूद प्रतियोगितामा विजयी खेलाडीहरूलाई विद्यालयकी प्रथम महिला अञ्जु राणाले मेडल तथा प्रमाणपत्र वितरण गरेकी थिइन्। सो अवसरमा विभिन्न सदनद्वारा देशको संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो।

यसैगरी, यस वर्षको सर्वोत्कृष्ट विद्यार्थीको रूपमा कक्षा ५ की अन्तरा महतो र उत्कृष्ट शिक्षक स्मिता थामीलाई पुरस्कार तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here