प्रस, जनकपुरधाम, २० पुस/

राष्ट्रियसभा सदस्यका लागि प्रदेश २ को दुईवटा सिटमा पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धनको तर्फबाट दुईजनाले र प्रतिपक्षका तर्फबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनमा रहेका जसपाका नेता मो. खालिद सिद्दिकी र  माओवादी केन्द्रकी नेत्री उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेका उसमान अन्सारी साथै बिना देवी र लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादवले उम्मेदवारी दर्ता गराएको प्रदेश २ निर्वाचन आयोगको कार्यालयले जनाएको छ। गठबन्धनका सिद्दिकीले अन्य समूहबाट र अर्यालले महिला समूहबाट दिएका हुन्। त्यसैगरी, एमालेका अन्सारीले अन्य समूहबाट साथै सोही पार्टीकी बिना देवी र लोसपाकी यादवले महिला समूहबाट उम्मेदवारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here