आजभोलि उच्च रक्तचापका रोगीको सङ्ख्या बढ्दैछ। जसले गर्दा योग, मेडिटेशन, हिंडडुल, कसरत धेरैले गरेको देखिन्छ। हरेक दिन हामीले कम्तीमा चालीस मिनेट शारीरिक कसरत गर्नुपर्छ। बढी तेल, खुर्सानी, मसाला भएको खानेकुरा खाएपछि उच्च रक्तचापको समस्याबाट बच्न सम्भव हुँदैन। उच्च रक्तचाप भएको थाहा पाउनेबित्तिकै पाँच उपाय गरेर आफ्नो बचाउ गर्न सकिने भारत, लखनऊकी केयर इन्स्ट्च्यिुट अफ लाइफ साइन्सेजकी एमडी फिजिशियन डा सीमा यादवले बताएकी छन्।
शारीरिक गतिविधिः उच्च रक्तचाप भएको थाहा पाएपछि हरेक दिन कम्तीमा तीस मिनेट हिंड्नुपर्छ। रक्तचाप कम गर्न कसरत तथा बाहिरी खेलकूदमाथि ध्यान दिनुपर्छ। भ–याङ चढ्ने, ओर्लने गतिविधि पनि गर्न सकिन्छ।
बिहान–बेलुका हिंडडुलः उच्च रक्तचापको समस्या भएपछि बिहान–बेलुका हिंडडुलका साथै कार्डियो एक्सरसाइजलाई पनि दिनचर्यामा सामेल गर्नुपर्छ। हिंडडुल गर्नु अघि वार्म अप वा योग गर्न सकिन्छ। सकिन्छ भने आफ्नो स्टेप्स पनि काउन्ट गरेर लक्ष्य समयसँगै बढाउनुपर्छ।
स्लो ब्रिदिङः बिहान–बेलुका आधा घण्टा प्राणायाम गर्नुपर्छ। एकान्त ठाउँमा मेडिटेशन गर्नुहुँदैन। विज्ञका अनुसार गलत तरीकाले मेडिटेशन गर्दा, उच्च रक्तचापका रोगीको लागि एंग्जाइटीको कारण पनि बन्न सक्छ। तसर्थ विज्ञको सल्लाहमा मेडिटेशन गर्नुपर्छ।
आहार परिवर्तनः नूनको मात्रा कम गर्ने र आहारमा पोटाशियमको मात्रा बढाउनुपर्छ। जस्तै गोलभेंडा, आलु, केराउ, किसमिस आदि। उच्च रक्तचाका रोगीले घ्यू, तेल, मसाला बढी भएको खानेकुरा खानुहुँदैन।
धनियाः उच्च रक्तचापका रोगीले धनियाको जूस सेवन गर्नुपर्छ। यसको अलावा करी पत्ता, लसुन, कागती–पानी–मह सेवन गर्दा पनि रक्तचाप नियन्त्रित हुन्छ। धनियाको अचार र तरकारीमा पनि राखेर सेवन गर्न सकिन्छ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)