संविधान दिवसको अवसरमा दीप प्रज्वलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, वीरगंज, ४ असोज/
    नेकपा परवानीपुर गाउँपालिका समितिले गएराति परवानीपुरमा दीप प्रज्वलन गरी पाँचौं संविधान दिवस मनाएको छ। कार्यक्रमका मुख्य अतिथि रामपाल यादवले विगत लामो समयको तानाशाही राजतन्त्रलाई उखेलेर फाल्दै नेपाली जनता स्वयंले संविधान निर्माण गरेको दिन भएकोले यसलाई पर्वको रूपमा मनाउनुपर्ने बताए।
    कार्यक्रमका अध्यक्ष एवं परवानीपुर गापा समिति अध्यक्ष्F अमर यादवले मधेसवादी दलले वर्तमान संविधानकै आधारमा स्थानीय, प्रदेश र केन्द्र सरकारमा सेवा सुविधा उपभोग गरिरहेको तर संविधान दिवसमा विभिन्न विरोध तथा कालोझन्डा देखाउने कार्यक्रम आयोजना गर्नु दुःखद भएको बताए।
    परवानीपुर गापा–४ का अध्यक्ष गजेन्द्र पटेलले नेकपाले विश्वकै उत्कृष्ट संविधानमध्ये एक संविधान पारित गराएकोले कमीकमजोरीलाई आत्मसात गरी अगाडि बढ्नुपर्ने आग्रह गरे।
    नेकपा नेता उमेश गुप्ताको सहजीकरणमा भएको कार्यक्रममा परवानीपुर गापा आसपासका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।
    यसैगरी, कलैया उपमहानगर–१७ ब्रह्मपुरीमा रहेको हाम्रो पाठशाला बोर्डिङ स्कूलले सांविधान दिवस मनाएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै संविधान दिवस मनाइएको हो।
    कार्यक्रममा संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउने सरकारको निर्णयलाई आत्मसात गर्दै मनाइएको विद्यालयका सञ्चालक योगेन्द्र राउतले बताए। जिल्ला समन्वय समिति बाराका सभापति छठु यादवको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरूले संविधानमा भएका कमीकमजोरीलाई राजनीतिक दलहरूको सहमतिमा संशोधन गरी परिस्कृत गर्दै लैजाँदा नयाँ पुस्तामा संविधानले सकारात्मक प्रभाव पार्ने बताएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।