जाडोमा मुला फल्छ र यसलाई तरकारी र सलादमा प्रयोग गरिन्छ।  मुलाले इम्युनिटी बुस्ट गर्नुका साथै पाचनतन्त्र पनि राम्रो बनाउँछ। नियमित मुला सेवनले मिर्गौला, कलेजोलाई स्वस्थ बनाउँछ। यति पौष्टिक भएर पनि धेरै मानिस मुला सेवन गर्दैनन्, किनभने उनीहरूलाई मुला सेवन गरेपछि ग्याँस हुन्छ। तर मुलाको तरकारी बनाउने र खाने तरीका परिवर्तन गर्नुभयो भने ग्याँसको समस्या हुँदैन।

मुला कहिल्यै खाली पेट खानुहुँदैन। खाली पेट खाएपछि ग्याँस हुन्छ। त्यस्तै राति मुला खानुहुँदैन, यसले बान्ता गराउन सक्छ। मुला खाना खाने बेला खानुपर्छ, किनभने मुला पचाउन लामो समय पाइन्छ।

मुलाको सलाद खान चाहनुहुन्छ भने यसलाई बिरे नूनमा मिलाएर खानुपर्छ। यी दुवै वस्तु एकैसाथ सेवन गर्नुभयो भने हाम्रो शरीरको एसिडिक नेचर नियन्त्रित रहन्छ र एसिडिटी बन्दैन।

मुलाको परौठा बनाउँदा ज्वानोको अवश्य प्रयोग गर्नुपर्छ। ज्वानोले पाचन क्रियालाई सही गर्छ, पेटमा ग्याँस बन्न दिंदैन।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here