मस्को, १८ पुस/एएनआई/स्पुतनिक
रूसको प्यासिफिक फ्लीटले गत वर्ष १० भन्दा बढी रकेट परीक्षण फायरिङ गरेको रूसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ ।
प्रवक्ताका अनुसार सन् २०२१ मा प्यासिफिक फ्लीटमा जहाज संरचनाहरूद्वारा १० भन्दा बढी रकेट फायरिङ गरिएको थियो । परीक्षण फायरिङहरूमा रूसको आधुनिक फ्रिगेट मार्शल शापोस्निकोभद्वारा गरिएका दुई अभ्याससमेत समावेश थिए ।
गत अप्रिलमा फ्रिगेटले जापानको सागरमा कालिब्र क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो । त्यसैगरी, डिसेम्बरमा मार्शल शापोस्निकोभले रूसको सबैभन्दा नयाँ एन्टि–सबमरिन कम्प्लेक्स ओटभेटको मिसाइलले जापानको समुद्रमा लक्षित गरी परीक्षण गरिएको थियो । रासस