बढी नूनः नून शरीरको लागि आवश्यक तŒव हो तर यसको बढी मात्राले मिर्गौलाको कार्यप्रणालीमा बाधा उत्पन्न गर्छ । यसैले नून कम सेवन गर्नुपर्छ ।
रातो मासुः रातो मासुले शरीरको मेटाबोलिज्ममाथि नकारात्मक असर गर्छ । बढी रातो मासु सेवन गर्दा मिर्गौलामा पथरी हुने समस्या बढ्छ ।
आर्टिफिशियल स्वीटनरः मिठाइ, कुकिज र चीसो पेय पदार्थ सेवनबाट मिर्गौलामाथि नकारात्मक प्रभाव पार्छ । किनभने यस्ता वस्तुमा आर्टिफिशियल स्वीटनर हुन्छ ।
रक्सीः स्वस्थ जीवनको लागि रक्सीबाट टाढै बस्नुपर्छ । रक्सीले कलेजोमाथि मात्र होइन मिर्गौलामा पनि नकारात्मक असर पार्छ ।
कफीः बढी कफीसेवन हानिकारक हो । यसमा कैफिन हुन्छ, जुन मिर्गौलाको लागि विषसमान हो । यदि मिर्गौलामा पथरीको समस्या छ भने कफीसेवन झनै घातक हुन्छ ।