प्रस, सिम्रौनगढ, १६ पुस/
बाराको सिम्रौनगढ नेपाल कमुनिस्ट पार्टी एमालेको सिम्रौनगगढ नगर अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले बताए कि ऐतिहासिक स्थल सिम्रौनगढ पूर्वमा कोशी, पश्चिम गण्डकी र दक्षिण गङ्गा, उतर महाभारत पर्वत चौहद्दी रहेको तिरहुत राज्यको राजधानी थियो र यहाँको ललितकला एवं वास्तु कलाको बिजोड नमूनाले यो साबित हुन्छ कि सिम्रौनगढ कति समृद्ध थियो । उनले यसै कारण आज देश–विदेशबाट यो ऐतिहासिक स्थल हेर्न मानिस लालायित भएर आउँछन् ।
अर्का वक्ता पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री ज्वालाकुमारी साहले एमालेको लोकप्रियता देखेर यसलाई पुनः बिगार्ने काम भइरहेको छ तर एमालेलाई जति बिगार्ने काम हुन्छ एमाले झन् लोकप्रिय बन्छ भनिन् ।
नेकपा एमाले प्रदेश नं २ सदस्य नेता ताराचन्द साहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा एमाले बारा अध्यक्ष देवनारायण चौधरी, प्रदेश सदस्य जलन्धर सिंह, ढुण्डिराज उप्रेती, अमर चौधरी, केवट चौधरी, ज्ञानु केसी, गोविन्द चौधरी, मनोज पौडेल, भरत भण्डारी, गोविन्द चौधरी, जयप्रकाश यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन सत्रको सञ्चालन एकबाल यादव एवं स्वागत नेता रामेश्वर यादवले गरेका थिए । अधिवेशनको बन्द सत्रले नेता महेन्द्रप्रसाद जयसवालको अध्यक्षतामा ७५ सदस्यीय सिम्रौनगढ नगर कमिटी गठन गरेको छ ।
समितिको उपाध्यक्ष रामेश्वर यादव, सचिव दीपेन्द्र कुशवाहा, सह सचिव रमेश हजरा तथा सदस्यहरू जानकी मुखिया, रामजन्म मुखिया, राजेश सहनी, तेतरदेवी यादव, कुल्हाई मुखिया, सन्झारी देवीलगायत रहेका छन् ।