नयाँ दिल्ली १६ पुस/सिन्हवा

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमैं पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरूका अनुसन्धानबाट ओमिक्रोन समुदायमैं पुगेको पाइएको अधिकारीहरूले जनाएका उनले बताए ।

अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरू त ओमिक्रोनकै भएको बताए । उनले भने– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरूमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो सङ्क्रमण बाहिरबाट आएका मानिस र यहीं बस्ने मानिसमा पनि देखिएको छ । त्यसैले यो भेरिएन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।

कतै पनि नगएका नागरिकमा यस्तो सङ्क्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँ समुदायस्तरकै नागरिकसम्म यसको सङ्क्रमण पुगेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै तीव्र गतिमा यो फैलिएको छ–उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here