- समीर पाख्रिन
इमानसिंह ः दिनरात घरबेटीसित कुकुर बिरालो जस्तो बाझिरहने आमाछोरीलाई छाडेर जान्छु होला त म ?
सुशीला ः (उठेर) आ … जेसुकै गर्नोस् । यसो भन्दा पनि हुँदैन उसो भन्दा पनि हुँदैन । ल म खाना पकाउन बसें ।
०००
समय ः दिउँसो । स्थान ः प्रीतमको घरको आँगन ।
रीता कपडा धुँदैछे । प्रीतम नजीकै बसेर बाइक सफा गरिरहेकै बेला उषाको फोन आउँछ । उषाको नम्बर देखेपछि प्रीतम रीतादेखि केही पर गएर कुरा गर्न थाल्छ । रीताले प्रीतमसित कसको कुरा हुन्छ भनेर चियो गर्न घरपछाडिबाट नजीकै गएर उभिन्छे र फोनवार्ता सुन्ने कोशिश गर्छे ।
प्रीतम ः हेलो उषा, अँ के छ त तिम्रो खबर ? मेरो पनि राम्रै छ । अहिले क्याम्पसमा अरे ? अँ कहिले सोमवार ? सोमवार त भोलि हो । के भोलि तिम्रो बर्थ डे अरे ? वाह १ त्यसो भए मज्जा आउने भो । अनि गिफ्टमा के दिउँm ? ल ल भइहाल्छ नि ? अनि यो पालि पनि गोपाल मिष्टान्न भण्डारमा डोसा खाने होइन त ? साँच्चै १ गोपाल मिष्टान्न भण्डारको डोसा चाहिं भुल्नै नसकिने रहेछ । के यो पालि रातो ज्याकेटमा आउनु अरे ? किन ? ल ल । अँ म तिमीलाई पछि कल गर्छु अहिले राख ।
(प्रीतमको वार्तालाप सुनेपछि रीता दौड्दै आएर फेरि कपडा धुन बस्छे । मानौं ऊ पहिलेदेखि नै कपडा धोइरहेकी छे ।) रीता, मेरो त्यो रातो ज्याकेट पनि धोइ दे है ।
रीता ः त्यो रातो ज्याकेट त अब नलगाए पनि हुने, पुरानो भइसक्यो ।
प्रीतम ः कसले भन्यो पुरानो भयो भनेर ? त्यो मेरो फेवरेट ज्याकेट हो । खुरुक्क धोई हाल् त।
रीता ः (स्वयम्सित) फेवरेट त किन नहोस् फर्माइस् भएपछि । भोलि फेरि यो प्रीतम वीरगंज जाला जस्तो छ । यसपालि यसको भण्डाफोर नगरी भएन ।
०००
समय ः दिउँसो । स्थान ः क्याम्पसतिर जानेबाटो । क्याम्पसबाट फर्कने क्रममा तीनजनाबीच वार्तालाप हुँदैछ ।
सुषमा ः उषा, प्रीतमजीले तँलाई प्रोपोज ग¥यो ?
उषा ः अँह गरेको छैन । एउटा विशेष कुरा भन्नु छ भन्दैथ्यो । शायद त्यही कुरा पो हो कि ? भोलि प्रीतम मलाई भेट्न वीरगंज आउँदैछ ।
मनीषा ः ए साँच्ची १ भोलि तेरो बर्थ डे पनि हो होइन त ?
उषा ः हो, यसैले त बोलाएकी । उसले प्रोपोज गरेन भने म आफैं गर्छु ।
सुषमा ः ठीक भनिस् कसै न कसैले त शुरू गर्नुपरिहाल्छ नि । बिचरा अङ्कित १
उषा ः अङ्कित आफैं भुखमरी छ । ऊसित कहिले पनि खल्तीमा पैसा हुँदैन । यसैले मैले नै ब्रेकअप गरें ।
मनीषा ः ए, ब्रेकअप नै भइसक्यो ?
उषा ः अस्ति, शहीद स्मारकबाट फर्के लगत्तै मैले ब्रेकअप गरें ।
सुषमा ः बिचरा अङ्कित १ केटो त ह्यान्डसम नै हो ।
मनीषा ः त्यही त बाइकवाला पाएपछि अङ्कित जस्तो केटाको के काम होइन त ?
ल म माईस्थानतिर हिंडें बाई ।
घण्टाघर चोक पुगेपछि मनीषा रानीघाटतिर, सुषमा मेनरोडतिर र उषा सैनिक ब्यारेक हुँदै श्रीपुरतिर लाग्छे ।
०००
समय ः बिहान १० बजे । स्थान ः प्रीतमको घर ।
प्रीतम तम्तयार भएर ऐनाअघि गुनगुनाउँदै कपाल कोर्दैछ । रीताले पछिल्तिर उभिएर प्रीतमको चालढाल हेर्दैछे ।
रीता ः (स्वयम्सित) पक्कै यो प्रीतम आज पनि वीरगंजतिर जान लागेको जस्तो छ । (प्रीतमको ध्यान आकर्षण गर्दै) तिमी फेरि आज कहाँ जान लागेको ?
प्रीतम ः मोटरसाइकलको लाइसेन्स रिन्यू गर्न वीरगंज जान लागेको । क्रमशः