प्रस, सेढवा, १५ पुस/
आसबहादुर गुरुङले ठोरी गाउँपालिका वडा १ भगवाननगरमा सञ्चालन गर्दै आएका वृद्धवृद्धा तथा असहाय कल्याण समाजको दिगो व्यवस्थापनका लागि दैनिक पाँच रुपियाँ सहयोग अभियान सञ्चालन गरिएको छ ।
ठोरी गाउँपालिका–४ निवासी समाजसेवी सन्तोष श्रेष्ठले अभियानको शुभारम्भ गरेका थिए । संस्थामा आश्रित पच्चीसजना वृद्धवृद्धा तथा असहायलाई मानवीय सेवा प्रदानका लागि अभियान शुरू गरिएको श्रेष्ठले बताए । संस्थाका सञ्चालक गुरुड्ढो पेन्सनबाट सञ्चालित आश्रमलाई सहयोगको जोहो गर्नुपरेको हुँदा दिगो आर्थिक व्यवस्थापनका लागि यो अभियान शुरू गरिएको उनले बताए । अभियानका लागि हालसम्म करीब एक सयजनाको सहयोगी हात सम्पर्कमा आइसकेको श्रेष्ठले जानकारी गराएका छन् ।
मानवसेवाका लागि दैनिक एक रुपियाँ सहयोग अभियानमा दुर्ई सयजना सहभागी छन् भने पाँच रुपियाँ सहयोग अभियानमा पाँच सयजना सहयोगी पु¥याउने लक्ष्य लिइएको छ । अभियानमा सामाजिक अभियन्ताका तर्फबाट एकजना र संस्थाका सञ्चालक गुरुड्ढो संयुक्त हस्ताक्षर चल्ने गरी राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालन गरिनेछ । सहयोगीहरूले दैनिक पाँच रुपियाँका दरले मासिक, अर्धवार्षिक, वार्षिक, पाँच वर्ष वा दश वर्षको लागि एकैपटक रकम जम्मा गर्न सक्ने अभियानकर्ता श्रेष्ठले बताए ।
सङ्कलन गरिएको रकमबाट मासिक १५ हजार रुपियाँ आश्रित वृद्धवृद्धा तथा असहायहरूको खाना, नास्ता, बासको व्यवस्थाका लागि प्रदान गरिने योजना रहेको अभियानकर्ता श्रेष्ठको भनाइ छ ।
दश वर्षमा कमसेकम रु २५/३० लाख बैंकमा सञ्चय भएपछि सो रकमको अक्षयकोष खडा गरिने र ब्याजबाट संस्थालाई निरन्तर सहयोग गरिने श्रेष्ठले जनाए ।