प्रस, वीरगंज, १४ पुस/

नेपाल–भारत सीमा क्षेत्रका नागरिकबीचको सामाजिक विकासमा जोड दिइएको छ । नेपाल–भारत सहयोग मञ्चको २५औं वर्ष पूरा भएको रजत उत्सवको अवसर तथा भारतीय स्वतन्त्रता दिवस अमृत वर्षको अवसरमा वीरगंजमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् ।

नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैदको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादवले उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, सङ्घीय सांसद लक्ष्मणलाल कर्ण, भारतीय लोकसभाका सांसद सञ्जय जयसवाल, वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितिश कुमार, उद्योगपति बाबुलाल चाचान, उमेशचन्द्र ठाकुरलगायतले सीमा क्षेत्रका समस्याबारेमा बोलेका थिए ।

काठमाडौं र दिल्लीको सम्बन्धले मात्रै दुई देशको सम्बन्ध मजबूत नहुने भन्दै सीमा क्षेत्रका जनताबीचको सम्बन्धको विषयमा गम्भीर हुनुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here