रामेश्वर मेहता, सिम्रौनगढ, १४ पुुस/

बाराको सिम्रौनगढ–६, रामदयाल चोक, पावरहाउसनजीककोे तामागढी– सिम्रौनगढ सडकखण्ड र गण्डक नहर पार गर्ने सडकको पुल जीर्ण अवस्थामा पुगेको छ । उक्त पुल जोखिमपूर्ण रहेकोले कुनै पनि बेला दुर्घटना हुने सम्भावना बढेको स्थानीयले बताएका छन् ।

पुल गण्डक नहरमा छ । उक्त पुलको दुवैपट्टि टेकबार नरहेकाले जुन बेला पनि गाडीहरू नहरमा खस्ने सम्भावना छ । तामागढी–सिम्रौनगढ सडकखण्डमा हाल पुल नबनेको हुँदा सोही पुलबाट सवारीसाधन आवतजावत गरिरहेका छन् । उक्त पुल पुरानो र जीर्ण रहेको छ । उक्त पुलबाट बितेको एक महीनामा तीनवटा मोटरसाइकल खसेर मानिस घाइतेसमेत भएको स्थानीय परमानन्द महतो नुनिया बताउँछन् ।

जीर्ण पुल तामागढी–सिम्रौनगढ सडकखण्डले बनाउने कि गण्डक नहरले बनाउने निश्चित भएको छैन । विगतमा पुलको दुवैतर्फ टेकबार थियो तर हाल गण्डक नहरमा बनिरहेको पक्की सडकका ठेकेदारले पुलको टेकबारसम्म पुरेपछि दुर्घटना हुने सम्भावना बढेको हो । सम्बन्धित निकायले यथाशीघ्र ध्यान दिई नयाँ पुल निर्माण गर्न पहल गर्नुपर्ने स्थानीयको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here