प्रस, वीरगंज, ११ पुस/

इलाका प्रहरी कार्यालय, पोखरियाले आफैंले मिलापत्र गराएर सुल्झाएको घटनामा पुनः मुद्दा दर्ता गरेको समाचार प्राप्त भएको छ । कात्तिक २० गते विन्ध्यवासिनी गाउँपालिकाको गर्दौल चोकमा जगरनाथपुर गापाका वडाध्यक्ष रामअयोध्याप्रसाद कुर्मी र सोही ठाउँका लक्ष्मणप्रसाद कुर्मी तथा निजका छोराहरू ऋषिकपूर, राजकपूर र अकलेश सहनीबीच विवाद भएको थियो । सोही विवादमा दुवै पक्षबाट घाइते पनि भएका थिए । घटनापछि दुवै पक्ष अस्पताल भर्ना भएका र दुवैले प्रहरीमा एकअर्काविरुद्ध मुद्दा दिएका थिए ।

प्रहरीले दुवै पक्षबाट मुद्दा आएपछि इलाका प्रहरी कार्यालय, पोखरियामा दुवै पक्षलाई बोलाएर आफ्नै रोहबरमा मिलापत्र गराएको थियो । सो मिलापत्रको कागज अहिले सार्वजनिक भएको छ।

प्रहरी कार्यालयले नै दुवै पक्षलाई मिलाएको घटनामा अहिले आएर दुई महीनापछि सोही इलाका प्रहरी कार्यालय, पोखरियाले जगरनाथपुरका वडाध्यक्ष रामअयोध्या कुर्मीविरुद्ध कुटपिट, अङ्गभङ्गको मुद्दा दर्ता गरेको छ । वडाध्यक्ष कुर्मी जसपाबाट निर्वाचित भएका हुन् । उनी पछिल्लो समय जसपा टुक्रिएपछि लोसपामा छन् ।

यसैबीच, पुस ८ गते एमालेका अध्यक्ष केपी शर्मा ओली जगरनाथपुर आउँदा उनी सो पार्टीमा प्रवेश गर्ने कार्यक्रम थियो । पार्टी प्रवेश गर्ने सन्दर्भमा उनको नाम सार्वजनिक भएपछि इप्रका, पोखरियाले बुधवार राति एकाएक उनीविरुद्ध मुद्दा दर्ता ग¥यो ।

जसले गर्दा वडाध्यक्ष कुर्मी एमालेमा प्रवेश गर्न पाएनन् र उनी लुक्नुप¥यो । पर्सा प्रहरीले राजनीतिक दबाबमा उनीविरुद्ध मुद्दा दर्ता गरेको घटना अहिले सार्वजनिक भएको छ । जसले गर्दा पर्सा प्रहरीमाथि राजनीतिक प्रभावमा काम गरेको आरोप लागेको छ ।

घटनाबारे प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतसँग बुझ्दा उनले हुलाकबाट निवेदन आएकोले मुद्दा दर्ता गरेको सफाइ दिएका छन् । उनले कुटपिट घटनामा भएको मिलापत्रबारे पर्सा जिल्ला अदालतमा कागजात पठाएको र मुद्दाको टुङ्गो चाँडै लाग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here