न्यूयोर्क, १० पुस/एएफपी

विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दा बढी विमान उडान रद्द भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रूपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्द भएको अधिकारीले जनाएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनका उडान पनि रद्द भएका हुन् । त्यसैगरी, अरू हजारFैं उडानमा ढिलाइ पनि भएको उडानसम्बन्धी सूचना प्रवाह गर्ने वेबसाइट फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ ।

उडान रद्द तथा ढिलाइ हुँदा अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ । यसअघि गत शुक्रवार मात्रै २४ सयभन्दा बढी उडान रद्द भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो ।

यो समाचार तयार पार्दासम्ममा आगामी आइतवारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्द भइसकेका र अरू पनि धेरै रद्द हुन सक्ने बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here