प्रस, वीरगंज, ९ पुस/

संयुक्त विद्यार्थी सङ्घको बैठक शुक्रवार ठाकुर राम बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । बैठकले केएमसी कलेज, काठमाडौंमा अध्ययनरत विद्यार्थी सुशील सहनीको हत्या कलेजको लापरवाहीले भएको भन्दै छानबीनको माग गरेको छ ।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा कलेजको दबाबमा परी प्रहरीले अनुसन्धान फितलो बनाएको भन्दै दोषीलाई कारबाई नभए सशक्त आन्दोलनमा जाने उल्लेख छ ।

छानबीनसहित दोषीलाई कारबाई, क्षतिपूर्तिको माग नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दीपक कार्की, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष शमशेद अन्सारी, अनेरास्ववियुका अध्यक्ष आशिक अहमद, राष्ट्रिय विद्यार्थी सङ्घका सचिव सगिर अलि, नेविसङ्घका रत्नेश मिश्र, मायाशङ्कर कुमार, नितेश पटेल, सविन यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here