प्रस, जीतपुर, ८ पुस/

आन्तरिक राजस्व कार्यालय, सिमराले पाँच महीनामा रु पाँच अर्ब राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ को साउन–मङ्सिर महीनामा बारा र रौतहट जिल्लाका करदाताहरूबाट रु पाँच अर्ब राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

उनले लक्ष्यभन्दा १२७ प्रतिशत बढी राजस्व असुल गरिएको बताए । राजस्व सङ्कलन कार्यालय, गौर, चन्द्रपुर र कलैयाबाट पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रमुख कर अधिकृत भण्डारीले बताए ।

प्राप्त विवरण अनुसार आयकर रु ४६ करोड ७३ लख ६६ हजार, घरबहाल कर रु एक करोड ९३ लाख १९ हजार, ब्याज रु एक करोड ४८ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर रु ५५ करोड १६ लाख ९१ हजार, अन्तःशुल्क कर रु तीन अर्ब १५ करोड ४ लाख ५४ हजार, स्वास्थ्य सेवा कर रु एक अर्ब ११ करोड ६० लाख २० हजार र शिक्ष्Fा कर रु १७ हजार सङ्कलन गरिएको छ ।

कार्यालयका सेवाहरू प्रविधिमैत्री भइसकेकाले गर्दा करदाताहरूले आआफ्नो कार्यस्थलबाट सम्पूर्ण सेवा उपभोग गर्न पाउने प्रमुख कर अधिकृत भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here