महीनावारीको समयमा युवतीहरूको व्यवहार बदलिन्छ, पेटलगायत सम्पूर्ण शरीर र खुट्टामा तीव्र पीडा हुन्छ । कहिलेकाहीं यो दुखाइ रिस बनेर बाहिर निस्किन्छ ।

चिकित्सकले पनि अहिलेसम्म यो पत्ता लगाउन सकेका छैनन् कि महीनावारीको समयमा कसैलाई निकै पीडा हुन्छ भने कसैलाई पीडा हुँदैन । पीडा यति असहनीय हुन्छ कि कहिलेकाहीं औषधि पनि खानुपर्छ । तर केही घरेलु उपाय छ, जसलाई अपनाउँदा पीडा कम हुन्छ ।

महीनावारी भएको बेलामा बढी पानी पिउनुपर्छ । पानी मनतातो हुनुपर्छ । किनभने चीसो पानी पिउँदा दुखाइ झनै बढ्छ । तातोपानीको बोतल वा हिटिङ प्याडले पीडामा निकै राहत पु¥याउँछ। यदि तपाईंले पेनकिलर खाइरहनुभएको छ भने साथमा हिटिङ ब्याग र तातो पानीको बोतल राख्नुपर्छ ।

महीनावारी भएको बेला खानामा म्याग्निशियम बढाउनुपर्छ । जस्तै पालकको साग, बदाम, दूध, दही जस्ता वस्तु सेवन गर्नुपर्छ । महीनावारीको बेला धेरै युवतीले व्यायाम गर्न छाड्छन् । जबकि व्यायाम गर्दा तनावबाट राहत पाइन्छ । महीनावारीको समयमा यदि थकान हुन्छ भने चकलेट खानुपर्छ । चकलेटले मनलाई शान्त बनाउँछ र व्यवहार राम्रो बनाउँछ । महीनावारी भएको बेला रमाइलो कुराकानी गर्नुपर्छ र तनाव लिनुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here