काठमाडौं, ५ पुस/रासस
नेपाल क्रिकेट सङ्घ (क्यान)ले संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुने एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई सोमवार बिदाइ गरेको छ । नेपाली टोली सोमवार राति १० बजे युएईतर्फ प्रस्थान ग¥यो ।
यही पुस ८ देखि १६ गतेसम्म सञ्चालन हुने यू–१९ एशिया कप क्रिकेटमा आयोजक युएईसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, कुवेत, भारत, अफगानिस्तान र पाकिस्तान गरी आठ राष्ट्र सहभागी छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई दुर्ई समूहमा विभाजन गरिएको छ । त्यसमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । त्यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल यही पुस ८ गते बङ्गलादेशसँग खेल्नेछ भने दोस्रो खेल पुस ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यसैगरी, नेपालले समूह चरणको अन्तिम खेल पुस १३ गते कुवेतसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष स्थानमा रहने दुर्ई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाली टोलीमा देव खनाल (कप्तान), शेर मल्ल उपकप्तान, दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् । प्रशिक्षकमा भने वसन्त शाही ठकुरी छन् ।