नितेश कर्ण, वीरगंज, ४ पुस/

पर्सा जिल्लामा अहिलेसम्म ३७.६३ प्रतिशतले कोरोनाविरुद्धको खोप लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाए अनुसार कोभिशिल्डको पहिलो मात्राको खोप ३७ हजार ७७१ जना र दोस्रो मात्राको खोप ३२ हजार ८०६ जनाले लिइसकेका छन् ।

यसैगरी, भेरोसिल खोपको पहिलो मात्रा एक लाख ६७ हजारजनाले लिएका छन् भने दोस्रो मात्राको खोप ७८ हजार २९७ जनाले लिएका छन् । अस्ट्राजेनिका खोपको पहिलो मात्रा २३ हजार ५८३ जना र दोस्रो मात्रा २१ हजार ९८२ जनाले लिएका छन् । फाइजर खोपको पहिलो मात्रा दुई हजार ५५३ जनाले लिएका छन् । फाइजरको दोस्रो मात्राको खोप अहिले लागेको छैन। जोन्सन एन्ड जोन्सनको खोप ३४ हजार ५०७ जनाले लिएका छन् । कोरोनाविरुद्धको खोपमा जोन्सन खोपको एक मात्रा लिए पुग्छ । अन्य खोप भने दुई मात्रामा लिनुपर्ने हुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाए अनुसार अहिलेसम्म पहिलो मात्रा लिने २ लाख ३१ हजार ५०७ जना छन् भने दोस्रो मात्रा लिने १ लाख ६७ हजार ५९२ जना गरी हालसम्म पर्सा जिल्लामा ३ लाख ९९ हजार ९९ जनाले खोप लिइसकेका छन् ।

यसैबीच, विशेष खोप अभियानमा कोभिशिल्डको पहिलो मात्रा ६४१ जनाले र दोस्रो मात्रा २३ हजार ५४२ जनाले लिएका छन् । विशेष अभियानमैं भेरोसिल खोपको पहिलो मात्रा ८२ हजार ६८२ जनाले र दोस्रो मात्रा ११ हजार ९२२ जनाले लिएका छन् ।

पर्सा जिल्लामा विशेष खोप अभियान मङ्सिर २२ देखि २७ गतेसम्म सञ्चालन भएको थियो । सो क्रममा भेरोसिल र कोभिशिल्ड गरी कुल १ लाख १७ हजार ८८८ जनाले लिएको जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ । कोरोनाविरुद्धको सबैभन्दा बढी खोप विशेष अभियानमा दिइएको तथ्याङ्कबाट देखिन्छ । यसअघि विभिन्न चरणमा दिइएका खोपभन्दा विशेष अभियानमा दिएको खोपको सङ्ख्या १ लाख १७ हजार ८८८ ले सबैभन्दा बढी देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here