प्रस, जनकपुरधाम, ४ पुस/

केही समय स्थिर रहेको कोरोना सङ्क्रमण दर पछिल्लो समय प्रदेश २ मा पुनः बढ्न थालेको छ। बितेको मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले फेरि बढ्न थालेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको छ ।

नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषा जिल्लाका रहेका निर्देशनालयले जनाएको छ । बितेको मङ्सिर १८ गते प्रदेशमा ३४ जना कोरोना सङ्क्रमित रहेकामा यो पुसको ३ गते शनिवारसम्म सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिएका छन् ।

सङ्क्रमित मध्ये ६२ जना होम आइसोलेशनमा छन् भने तीनजना चिकित्सकको निगरानीमा छन् । सक्रिय सङ्क्रमितमध्ये धनुषाका ३५ जना हुन् । बाँकी महोत्तरीका १६ जना, सिराहाका पाँच, सर्लाहीका तीन, पर्साका चार, सप्तरीका एक र बाराका एकजना सक्रिय सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here