जाडोमा ससाना समस्या हुने गर्छ । जस्तै सुन्निने, हातखुट्टा दुख्ने आदि । त्यस्तै, अर्को एउटा समस्या आँखामा पनि हुन्छ । यस मौसममा आँखाले धमिलो हेर्ने समस्या धेरैलाई हुन्छ । धेरैले यो समस्या कुहिरोको कारण भएको भन्छन् तर यसका कारण थुप्रै हुन्छन् ।

आँखाले धमिलो हेर्नुका धेरै लक्षण देखिन्छन् । आँखा कमजोर हुनु, रातो हुनु, दुख्नेजस्ता समस्या पनि हुन्छ । आँखामा तनावका कारण धमिलो देखिने समस्या हुन्छ । कुनै पनि वस्तुलाई धेरैबेरसम्म हेर्दा आँखामा तनावको समस्या हुन्छ । कम्प्युटर, मोबाइल आदिको स्क्रीनमा बढी समयसम्म हेर्दा यो समस्या झनै बढ्छ । राति कम उज्यालोमा अध्ययन वा सवारीसाधन चलाउँदा पनि आँखामा तनाव हुन्छ ।

उच्च रक्तचापः उच्च रक्तचापको कारण पनि आँखामा समस्या हुन्छ । तसर्थ चिकित्सकलाई देखाएर औषधि सेवन गर्नुपर्छ । माइग्रेनः माइग्रेन टाउको दुखाइको अन्तिम अवस्था हो । माइग्रेनको कारण आँखामा निकै समस्या हुन्छ, जसले गर्दा धमिलो देखिन्छ । माइग्रेन भएपछि उज्यालो र चमकले झनै समस्या बढाउँछ र आँखाअगाडि धब्बा वा लाइनहरू देखिन्छन्।

मधुमेहः मधुमेहको कारण पनि आँखा कमजोर हुन्छ । टाइप १, टाइप २ मधुमेहबाट पीडित व्यक्तिहरू रेटिनोपैथी समस्याबाट ग्रस्त हुन्छन् । रेटिनोपैथीको कारण शरीरमा ब्लड सुगरको मात्रा बढ्छ, जसले गर्दा स्मल ब्लड वेसल्सलाई नोक्सान पुग्छ र आँखामा नराम्रो असर पर्छ ।
बचावका उपायः सङ्क्रमणबाट जोगिन चश्मा खोल्ने बेलामा हात धुनुपर्छ । यदि तपाईं लगातार कम्प्युटरमा काम गर्नुहुन्छ अथवा पुस्तक पढ्नुहुन्छ भने बेलाबेलामा आँखालाई आराम दिनुपर्छ।

निद्रा पूरा नभएपछि पनि धमिलो देख्ने समस्या हुन्छ, त्यसैले पूरा निद्रा लिनुपर्छ । आँखाको लागि फाइदा पु¥याउने एन्टिअक्सिडेन्ट्स, ओमेगा २ पैmटी एसिड, भिटामिन आदि लिन सकिन्छ । तनावका कारण पनि धमिलो देख्ने समस्या हुन्छ । तसर्थ चिकित्सकको सल्लाह लिने र योग गर्ने गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here