प्रस, वीरगंज, ३ पुस/

त्रिमूर्ति टोल विकास तथा सुधार समिति कोष तथा वीरगंज महानगरको सहयोगमा खरीद भई जडान भएका १३ वटा सिसिटिभीको शनिवार उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सिसिटिभीले नगरको शान्ति सुरक्षामा अहम् भूमिका खेलेको बताए । गुणस्तरीय तथा उच्च क्षमताको क्यामेरा जडान गर्न आफूले सक्दो सहयोग गर्ने उनले बताए । नगरप्रमुख सरावगीले वीरगंज महानगरभित्र जडान भएका सबै सिसिटिभीको मरम्मतसम्भार गर्न सेफर वीरगंजको जिम्मा लगाएको र सोको लागि बर्सेनि रु २० लाख महानगरले भुक्तानी गर्दै आएको बताए ।

सो अवसरमा नगरप्रमुख सरावगीले नगरवासीको सहयोगविना फोहर व्यवस्थापन गर्न सम्भव नरहेको बताए । महानगरकोे फोहर व्यवस्थापन कार्य निजी क्षेत्रबाट भइरहे पनि घरधुरीबाट शुल्क उठाउन गा¥हो परिरहेको उनले बताए । फोहर अहिले वीरगंजको लागि चुनौती बन्दै गइरहेको भन्दै उनले आम नागरिकले आफैं सचेत भई तोकिएको ठाउँमा मात्रै फोहर फाल्न आग्रह गरे ।

टोल सुधार समितिकी अध्यक्ष उमा मिश्रको अध्यक्षता एवं टोलका अगुवा तथा प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्माको सहजीकरणमा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, प्रहरी निरीक्षक दिनेश थापा, समुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ, सचिव कुलनारायण प्रधान, सेफर वीरगंजका प्रतिनिधि सुशान्त चाचानलगायतको सहभागिता थियो ।

टोल सुधार समितिले खरीद गरी जडान गरिएका सिसिटिभीको मरम्मत सम्भार र अनुगमनसमेत गर्ने गरी शनिवारदेखि सेफर वीरगंजको जिम्मा लगाएको छ । सो अवसरमा टोल सुधार समितिलाई सहयोग गर्ने भाजुरत्न इन्जिनीयरिङ, सत्यनारायण क्याल, मधुप शर्मा, शङ्कर अग्रवाल, उमा मिश्र, चिल्डे«न वल्र्ड स्कूललाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here