नितेश कर्ण, वीरगंज, २ पुस/
कृषि सामग्री कम्पनी लि., वीरगंजका प्रमुख गोरखनाथ केसीले माग अनुसारको रासायनिक मलको आपूर्ति हुन नसकेको स्वीकारेका छन् । उनले पर्सा जिल्लामा रासायनिक मलको माग बढेको तर सो अनुरूप आपूर्ति हुन नसकेको बताए ।
उनले आफ्नो कम्पनीको पन्ध्रवटा कार्यालयमा आपूर्ति गर्नुपर्ने जिम्मेवारी भएको र प्राप्त रासायनिक मल सोही अनुरूप सबै कार्यालयमा पठाउने गरेको बताए । उनले पर्सा जिल्लामा अहिले डिएपी र युरिया दुई/दुई हजार मेट्रिक टन खपत भइसकेको र थोरै मात्र सञ्चित रहेको बताए । उनले गहुँको मौसममा मलको माग बढी भएको र सो अनुरूप आपूर्ति नहुँदा समस्या झेल्नुपरेको बताए । अहिले मलको माग अलि होलो भएको बताए ।
प्रमुख केसीले गत वर्षको मौज्दातमा युरिया तीन हजार चार सय किलो, डिएपी ६८ हजार १५० किलो र पोटास ३३ हजार ६ सय किलो रहेको र यस वर्ष युरिया ६२ हजार ५४२.४५० मेट्रिक टन, डिएपी ४३ हजार १६७.१०० मेट्रिक टन र पोटास ४ हजार ६२१.५० मेट्रिक टन प्राप्त भएको बताए । उनले पन्ध्रवटा कार्यालयमा युरिया ४६ हजार ४५२.५० मेट्रिक टन, डिएपी ३१ हजार ४००.२५० मेट्रिक टन र पोटास ३ हजार ४५९.५०० मेट्रिक टन पठाएको बताए ।
उनले वीरगंज कार्यालयबाट १० हजार ६६ मेट्रिक टन युरिया, ५ हजार ३२९.६०० मेट्रिक टन डिएपी र ४८७.६५० मेट्रिक टन पोटास बिक्री गरेको जानकारी गराए । प्रमुख केसीले हाल युरिया ६ हजार २७.८०० मेट्रिक टन, युरिया ६ हजार ५०५.४०० मेट्रिक टन र पोटास ७०८ मेट्रिक टन मौज्दात रहेको जानकारी गराए ।