प्रस, सेढवा, १ पुस/

पटेर्वासुगौली गाउँपालिकामा भएको भ्रष्टाचारलगायतका विषयलाई लिएर मङ्सिर २० गतेदेखि आमरण अनशनमा बसेका रामजनम ओझैयाले पुस १ गते अनशन तोडेका छन् ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा बिहीवार सहमति भएपछि उनले अनशन तोडेका हुन् । माओवादी केन्द्रका स्थानीय नेता बालेश्वर चौधरीले ओझैयालाई जुस पिलाएर अनशन तोडाएका थिए । जिप्रका, पर्साका सूचना अधिकारी एवं निमित्त प्रजिअ भीमकान्त पौडेलको अध्यक्षतामा भएको बैठकमा ओझैयाले राखेका मागहरू सम्बन्धमा गापाले गर्ने कार्य अविलम्ब गर्ने र सोबाहेकका मागहरू सम्बोधनका लागि प्रयास गर्ने सहमति भएपछि अनशन तोडिएको आमरण अनशन बसेका ओझैयाले प्रतीकलाई बताए ।

ओझैयाले आफूले दश सूत्रीय माग राखेर गापाको ध्यानाकर्षण गराएको, धर्ना दिएको र नमानेपछि आमरण अनशन बस्नुपरेको बताए । आजको बैठकमा गापाका शिक्ष्Fा शाखा प्रमुखले विद्यालयहरूमा चन्दा उठाउन बन्द गर्ने र उठेका चन्दाहरू दश दिनभित्र सबै विद्यार्थीलाई फिर्ता गर्ने प्रतिबद्धता गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here