प्रस, वीरगंज, २ असोज/
पर्सा, बारा, रौतहटका गरी थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नारायणी प्रयोगशालाले बिहीवार जारी गरेको २८८ वटा स्वाब नमूनाको पिसिआर रिपोर्टबाट बाराका ६, रौतहटका ४ र पर्साका १४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
८ जना महिला र १६ जना पुरुषमा कोरोना सङ्क्रमण भएको प्रयोगशालाले जनाएको छ। सङ्क्रमित हुनेहरूमा वीरगंज महानगरपालिकाका ३ जना छन्। जसमा २ जनाको वडा खुलेको छैन भने १ जना वडा नं १५ का हुन्।
यसैगरी, पर्सा जिल्लाको कालिकामाई गापा र पर्सागढी नगरपालिकाका ५/५ जना र सखुवाप्रसौनी गापाका एकजना सङ्क्रमित भएका छन्।
यसैगरी, जिन एक्सपर्ट विधिबाट स्वाब नमूना परीक्षणमा पर्सा र बाराका १/१ जनामा सङ्क्रमण देखिएको प्रयोगशालाले जनाएको छ।