सान्टो डोमिËो, १ पुस/एएनआई
डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीवर आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ ।
विमानको सञ्चालक हेलिडोसा एभिएशन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र चालक दलका दुई सदस्यको मृत्यु भएको सिएनएनले जनाएको छ । विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो । आकस्मिक अवतरण गर्ने क्रममा उडान भरेको १५ मिनेटमैं दुर्घटनाग्रस्त भएको थियो ।
हेलिडोसा एभिएशन ग्रुपले दुर्घटनाले ठूलो पीडा र शोक दिएको जनाएको छ । “हामी अनुरोध गर्दछौं तपाईं बुद्धिमानीपूर्वक प्रभावित परिवारहरूलाई सहयोग गर्न एक हुनुहोस्, जो हामीसँगै यस कठिन समयबाट गुज्रिरहेका छन्”– समूहले उल्लेख गरेको छ । अहिलेसम्म आकस्मिक अवतरणको कारण थाहा हुन सकेको छैन । रासस