प्रस, पोखरिया, २ असोज/
कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित नूरजहाँ एकीकृत माछापालन केन्द्रमा अज्ञात समूहले विष हालेको कारण पोखरीमा रहेको माछाका भुरा र हाँसका चल्ला मरेका छन्।
शहनबाज खानको तीन कट्ठा जग्गामा रहेको माछापालन केन्द्रमा भुरा हुर्काउने नर्सरी र हाँसको चल्ला राखिएको छ।
अज्ञात समूहले विष राखेर भदौ ३० गते सो घटना घटेको र केन्द्रलाई रु ६ लाखको क्षति भएको सबैठवा प्रहरी चौकीले जनाएको छ।