प्रस, वीरगंज, २७ मङ्सिर/

वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले मेडिकल फोहरको व्यवस्थापन नहुँदा समस्या झेल्नुपरेको बताएका छन् ।

वीरगंज महानगरपालिकाद्वारा निर्मित मेडिकल फोहर व्यवस्थापन केन्द्रको सोमवार उद्घाटन गर्दै उनले वीरगंजमा एकपछि अर्को अस्पताल खुल्ने क्रम बढेको तर मेडिकल फोहर व्यवस्थापन सम्बन्धमा अस्पतालहरू गैरजिम्मेवार भएको आरोप लगाए । उनले अस्पतालको स्वीकृति लिंदा मेडिकल फोहरको व्यवस्थापन गर्ने जिम्मेवारी स्विकार्ने तर अन्य फोहरसरह मेडिकल फोहर यत्रतत्र फाल्ने गरिएको आरोप लगाए ।

उनले महानगरको सवा ६ करोड रुपियाँको लगानीमा ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सिस्टम निर्माण र अर्को व्यवस्था नहुन्जेल मेडिकल फोहर विसर्जन केन्द्रको जिम्मेवारी फोहर प्रशोधन केन्द्र हेर्दै आएको ठेकेदारलाई जिम्मा लगाएको बताए । उनले निजी साझेदारी कार्यक्रम अन्तर्गत मेडिकल फोहर व्यवस्थापन केन्द्र पनि सञ्चालन गर्ने बताए ।

वीरगंज महानगरपालिकाका योजना शाखा अधिकृत प्रकाश अधिकारीले महानगरपालिकाबाट दैनिक करीब पाँच मेट्रिक टन फोहर सङ्कलन हुने र सोको आधा फोहर मेडिकललगायत विषाक्त हुने गरेको बताए । अहिले निर्मित मेडिकल फोहर व्यवस्थापन केन्द्रले विषाक्त फोहर विषादिरहित बनाएर त्यसलाई पुनः प्रयोग गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here