सञ्जीव मिश्र, विन्ध्यवासिनी, २७ मङ्सिर/

नेकपा एमाले, पर्साको स्वागत तथा सम्मान कार्यक्रम सोमवार काठमाडौंमा सम्पन्न भएको छ।
पार्टीका केन्द्रीय अध्यक्ष केपीशर्मा ओली मुख्य अतिथि रहेको कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका जनप्रतिनिधि तथा नेता, कार्यकर्ताहरूलाई अध्यक्ष ओलीले टीका लगाई खादा पहि¥याएर पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा अध्यक्ष ओलीले एमालेमा नयाँ र पुरानो भनेर विभेद नगरिने आश्वासन दिए । उनले नवप्रवेशीहरूलाई योग्यता र क्षमताको आधारमा महŒवपूर्ण जिम्मेवारीसमेत प्रदान गरिने प्रतिबद्धता जनाएको सो पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ताले जानकारी दिएका छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटालगायत पर्सेली अगुवाहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here