अहिले विवाहको मौसम छ र मेंहदी लगाउने कार्य पनि हुँदैछ । नक्कली मेंहदीको अर्थ हो केमिकल भएको मेंहदी पाउडर । गाढा रङ्ग पाउनको लागि सोडियम पिक्रामेट जस्तो केमिकल मिलाइएको हुन्छ । यो केमिकलको कारण छाला चिलाउने, स्किन इन्फ्लामेशन, स्किन एलर्जी, रूखो र कमजोर कपाल आदि बनाउँछ ।

सक्कली मेहदीको रङ्ग अचानक चढ्दैन । शुरूमा यो सुन्तला र हलुका रातो रङ्गको हुन्छ, जुन ८–१० घण्टामा पूरा रङ्ग प्राप्त गर्छ । सक्कली हीना पाउडरको सुगन्ध भिन्दै हुन्छ । यसमा मेंहदीको पातको सुगन्ध हुन्छ । यसको अलावा बजारमा प्याकेटमा पाइने मेंहदीमा यदि पातझैं सुगन्ध आउँछ भने त्यो सक्कली हो ।

प्राकृतिक मेंहदीको रङ्ग हरियो हुन्छ, चाहे त्यो धूलोमा होस् वा लेपमा । प्राकृतिक हीना पाउडरलाई तापमानमा राख्न सकिंदैन किनभने यो तापमानमा फ्रेस हुँदैन । यसैले हीना पाउडरलाई फ्रेस राख्न फ्रिज वा चीसो तापमानको प्रयोग गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here