प्रस, निजगढ, ३१ भदौ/
इलाका प्रहरी कार्यालय, निजगढले होटलमा जुवा खेलिरहेका चारजनालाई पक्राउ गरेको छ।
निजगढ नगरपालिका–७ का जीतसिंह लामा, वडा नं. ४ का हरि ढुङ्गाना, होमबहादुर खड्का, शिव अधिकारी र शुभम् होटलका सञ्चालक रमेश पौडेललाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो।
होटलमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। जुवाको खालबाट रु ५३ हजार नगद बरामद भएको प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए।