नयाँ दिल्ली, २५ मङ्सिर/एएनआई

भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत काबुलमा मेडिकल सामग्री पठाएको विदेश मन्त्रालयले शनिवार जनाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य सङ्गठन (WHO)का प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ ।

“अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको छ,” विदेश मन्त्रालयले जनाएको छ । शुक्रवार विशेष उडानले अफगानिस्तानबाट हिन्दू–सिख अल्पसङ्ख्यक समुदायका सदस्यहरूसहित १० जना भारतीय र ९४ जना अफगानीलाई भारतले देवीशक्ति अपरेशन अन्तर्गत राष्ट्रिय राजधानी नयाँ दिल्लीमा ल्याएको विदेश मन्त्रालयले जनाएको छ ।

“अपरेशन देवीशक्ति” अन्तर्गत अफगानिस्तानबाट कुल ६६९ जनालाई अहिले बाहिर निकालिएको मन्त्रालयले जनाएको छ, जसमा सयौं भारतीय र अफगानीहरू छन् । त्यसमा पनि अफगान हिन्दू/सिख अल्पसङ्ख्यक समुदायका सदस्यहरू रहेका छन् । सन् २०२१ को अगस्त महीनाको शुरूमा अफगानिस्तानबाट ४३८ जना भारतीयसहित ५६५ जनालाई बाहिर निकालिएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here