त्रिपोली, २५ मङ्सिर/एएनआई/सिन्ह्वा

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (ग्ल्ज्ऋच्)ले शुक्रवार लिबियाबाट जोखिममा परेका १७६ जना शरणार्थीलाई रूवान्डाबाट उद्धार गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार “आपत्कालीन ट्रान्जिट मेकानिज्म प्रयोग गरेर यो वर्ष रूवान्डाको लागि गरिएको यो दोस्रो मानवीय उद्धार उडान थियो ।”

ती विस्थापितमा इरिट्रिया, इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बच्चा रहेका छन् । धेरै शरणार्थी बेचबिखनका शिकार भएका वा लैङ्गिक हिंसा र अन्य प्रकारका दुव्र्यवहारबाट बचेका थिए । त्यसैगरी, धेरैलाई हिरासतबाट रिहा गरिएको पनि जनाइएको छ ।

शरणार्थीलाई सम्भव भएसम्म तेस्रो देशहरूमा पुनर्वास, स्वैच्छिक फिर्ता वा रूवान्डामा व्यवस्थापनजस्ता टिकाउ समाधान खोज्न मदत गर्ने लक्ष्य राखिएको छ । “रूवान्डामा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको देख्दा राहत मिल्छ । हामी यस देशको नेतृत्व र हाम्रा समर्थकलाई उनीहरूले विस्थापितको आशालाई पुनर्जीवित गर्ने प्रयासमा उदार समर्थन गरेकामा प्रशंसा गर्छौं,” रूवान्डाका लागि ग्ल्ज्ऋच् का प्रतिनिधि अहमद बाबा फलले भने ।

सन् २०१७ देखि ७,४९० शरणार्थीले तेस्रो देशहरूमा पुनर्वास गरेको जनाइएको छ । धेरै गैरकानूनी आप्रवासी प्रायः अफ्रिकी, लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा जाने गर्छन् । राजनीतिक अराजकताको कारणले गर्दा यो देश २०११ देखि सङ्कटग्रस्त छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here