काठमाडौं, २४ मङ्सिर/रासस

मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रवार भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औं स्थानमा झरेको छ ।

मनाड्ढो जीतमा नाइजेरियाली फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक/एक गोल गरे । अफिजले खेलको पहिलो मध्यान्तरमा गोल गरे भने दिनेशले खेलको दोस्रो मध्यान्तरमा गोल गरे ।

खेलको ४१औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाए । उनले कप्तान अञ्जन विष्टले दिएको क्रस बललाई हेडरमार्फत गोल गरेका थिए । त्यस्तै, खेलको ७३औं मिनेटमा दिनेशले गोल गर्दै मनाड्ढो अग्रता दोब्बर पारे । पूजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गर्दै गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here